logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बयलगाढा भन्नेले गणतन्त्रको जेट उडाउन जान्दैनन् ,यो नैतिकता गुमेको दलाल तरिका हो : नेता पुन

सेना प्रहरीसग कुनै दुश्मनी छैन दलाल बिरुद्ध सगै मिलेर लडने लडाइँ एकीकृत जनक्रान्ति हाे


  • राजनीति ब्यूरो
  • सोमबार, फाल्गुन ६ २०७५

नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युराे सदस्य तथा युववा नेता ओमप्रकाश पुनले अबकाे आन्दोलनमा सेनाप्रहरीले अाफुहरुलाइ साथ दिनुपर्ने बताएका छन्।
अाइतबार झापामा आयाेजित सभालाई सम्बोधन गर्दै नेता पुनले केपी ओलीहरू दलाल पुँजीवादी दलाल र प्रचण्ड–बाबुराम र बादल क्रान्तिको भगौडा र पुँजीवादी पिँजडाभित्रका सुगा भएको बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरूसँग आफूहरूको कुनै दुस्मनी नभएको र राष्ट्रिय स्वाधीनताका निमित्त प्रहरी–सेना सबै नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको धारमा आउनुपर्ने बताएका छन् ।
उनले पुलिस–सेना केपी–बादल–प्रचण्डहरूका कार्यकर्ता नभएर देशको सेवक भएकाले राष्ट्रिय स्वाधीनता र सीमारक्षाका लागि नेकपासँगै लाग्न आग्रह गरे । वर्तमान दलाल राज्यसत्तामा धमिरा लागिसकेकाले वैज्ञानिक समाजवाद टाढा नरहेको उनको भनाइ थियो ।

नेता पुनले हिजो गणतन्त्र ल्याउनका निमित्त आफुहरू लडिरहँदा राजाको पाउमा भेट चढाएको भन्दै केपी ओलीलाई गणतन्त्रविरोधी र नैतिकता नभएको पात्रका रुपमा चित्रण गरे । ओलीले तत्कालीन नेकपा माओवादी गणतन्त्रका लागि लड्दै गर्दा नेपालमा गणतन्त्र ल्याउँछु भन्नु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेता पुनले बन्दुकले कुनै सत्ता नटिक्ने भएकाले सबै एकपटक राष्ट्रिय स्वाधीनताका लागि एक हुनुपर्ने धारणा व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार