logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जीप दुर्घटनामा परेका सिडिओ को मृत्यु


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

गत माघ १२ गते राती बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार