logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

के हाे प्रजातन्त्र दिवश ? किन मनाइन्छ आजको दिनमा याे दिवश


  • अखिल बिश्वकर्मा
  • मंगलबार, फाल्गुन ७ २०७५

आज फागुन ७ अर्थात प्रजातन्त्र दिवश प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय ज’हा’नि’याँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो ।

फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शा’स’नको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको थियाे।

एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए ।

राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत जानुभयो । यसपछि नेपालको राजनीतिले अचानक जटिल मोड लिएको विसं २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाले बताए ।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह दिइयो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो । राजा दिल्ली गएपछि २००७ सालको क्रा’न्ति दिल्ली सम्झौतामा टुङ्गियो ।

राष्ट्रिय काँग्रेस गान्धीको अ’हिं’सा’वा’दी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणाशासनबाट वि’तृ’ष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरूकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो ।

प्रजातन्त्र काँग्रेस आर्थिकरुपमा सम्पन्न थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो । काँग्रेसले स’श’स्त्र क्रा’न्ति’को आह्वान गरेपछि देशव्यापी रुपमा आ’न्दो’ल’न चर्कियो ।

प्रजातन्त्र स्थापनाका लागि स’श’स्त्र क्रा’न्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो । एकीकरणपछि प्रजातन्त्र स्थापनाको आ’न्दो’ल’नले गति लियो । राणा शासकले नियुक्त गरेका बडा हाकिमले क्रा’न्ति’का’रीसँग आ’त्म’स’मर्प’ण गर्न थाले ।

प्रजातन्त्र स्थापनाका लागि भएको स’ङ्घ’र्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा ब’लि’दा’नी दिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृ’त्यु’द’ण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

विसं २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले हालसम्म पछि परेको राजनीतिज्ञ थापाको बुझाइ छ ।

राणाशासनको वि’रु’द्धमा जनताले आन्दोलन गरी र’ग’त बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

प्रजातन्त्र स्थापना भएपनि फागुन ७ गते राजा त्रिभुवनले घोषणा गरे बमोजिम संविधानसभा निर्वाचन भएन । काँग्रेसका तर्फबाट सरकारमा सहभागी नेताहरुले राजीनामा दिएपछि राणा–काँग्रेस संयुक्त सरकार ढल्यो । काँग्रेस सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएपनि निर्वाचन भने हुन सकेन ।

निर्वाचन गराउन काँग्रेसले २०१४ सालमा भद्र अवज्ञा आ’न्दो’लन गर्नुप¥यो । आन्दोलपछि संविधानसभा नभई संसदीय निर्वाचन गराउन दरबार तयार भयो । २०१५ फागुन ७ गतेदेखि पहिलो संसदीय निर्वाचन शुरु भयो । काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि दरबारले नमान्दा समय लाग्यो ।

विसं २०१७ पुस १ गते सेनाको शक्तिका भरमा जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि लामो आ’न्दो’लन शुरु भयो । २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर शुरु गरिएको आन्दोलनले चैत २६ गते सफलता पायो । प्रजातन्त्र पुनः स्थापना भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार