logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वैद्य माओवादी काे मेचीमहाकाली अभियान कहाँबाट कस्ले उद्वघाटन गर्दैछ


  • न्युज डेस्क
  • मंगलबार, फाल्गुन ७ २०७५

नेकपा क्रान्तिकारी (माओवादी)ले काठमाडौंसहित चार जिल्लाबाट मेची–महाकाली अभियान सुरु गर्ने भएकाे छ। काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट मंगलबार अभियानको एकसाथ सुरुवात गरिने छ ।

काठमाडौंको शान्तिवाटीकामा दिउँसो दुई बजे क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले अभियानको उदघाटन गर्नेछन् । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका सीपी गजुरेलले झापामा, स्थायी समिति सदस्य परी थापाले कञ्चनपुरमा र अर्का स्थायी समिति सदस्य रामसिंह श्रीषले कास्कीको पोखराबाट अभियान उदघाटन गर्नेछन् ।

फागुन २१ गते चितवनमा भेला भएर यो अभियान समापन गरिने नेकपा क्रान्तिकारी माओवादीका कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए । उनले भने, ‘अभियानको क्रममा ठाउँ–ठाउँमा सभा गरिने छ र राष्ट्रियता तथा जनजिविकाका मुख्य एजेण्डा उठाइने छ ।’

मेची–महाकाली अभियानलाई देशभक्त गणतान्त्रिक मोर्चा (देजमो)को पहिलो राष्ट्रिय सम्मेलनको पूर्वतयारीको रुपमा लिइएको छ । जनआन्दोलन दिवसको सन्दर्भ पारेर आगामी चैत २४ गते देजमोले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेकाे वैद्य माओवादी स्राेत ले जानकारी दिएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार