logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

न्यायाधीश दीपकराज जोशीले यी कारण देखाउदै दिए राजीनामा…..


  • राजनीति
  • मंगलबार, फाल्गुन ७ २०७५

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफूले सर्वोच्च अदालतमा गएर काम गर्ने अवस्था नभएकोले भन्दै राजीनामा दिएका छन् । उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको सर्वोच्च अदालतले जनाएको छ ।आफ्नो चेम्बर नै हटाइएकोले काम गर्ने वातावरण नभएर राजीनामा दिएको उनले जानकारी गराएका छन् । जोशीको कार्यकाल आउँदो जेठ महिनासम्म बाँकी थियो ।
यसअघि प्रधानन्यायाधीशको सिफारिसमा परेका न्यायाधीश जोशीलाई संसदको सुनुवाइ समितिले अस्वीकार गरेको थियो । अहिलेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पदमा आएपछि उनलाई काम छोड्न शुरुमै आग्रह गरेका थिए । त्यसपछि उनको चेम्बर नै हटाइएपछि जोशी विदा बस्दै आएका थिए ।तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बन्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार