logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

भारतीय वायु सेनाको बिमान एक आपसमा यसरी ठोक्कियो हेर्नुस भिडियो…..


  • राजनीति
  • मंगलबार, फाल्गुन ७ २०७५

भारतीय वायु सेनाको एयर कर्नाटकको बेंग्लोरमा चलिरहेको शोकै क्रममा दुर्घटना भएको छ । यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् ।
एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन । दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएकाे बताइएकाे छ ।

दुर्घटनापछि दुवै विमान येलहांकाकाे न्यू टाउन एरियामा खसेकाे बेंग्लाेर प्रहरीले जनाएकाे छ ।

रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् । औपचारिक रुपमा भारतीय वायु सेनाले भोलिदेखि ५दिवसीय एयर शो गर्दैछ । त्यसैको पूर्व सन्ध्यामा रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार