राजनीति
मादि गाउपालिका कास्की को सुन्दर गाउँ थाकमा आज बाट थाक मेला सुरु हुदैछ। प्रजात्रन्त्र स्थापना भए देखी निरन्तर रुपमा भब्य रुपमा प्रजात्रन्त्र दिबस मान्दै आएको मा हाल लोकत्रन्त्र हुँदै गणत्रन्त्र सम्म नेपालको राजनैतिक घटनाक्रमको बिकास भएता पनि ६९ प्रजात्रन्त्र दिबस सम्म आई पुग्दा पुरानो यस मेलाे निरन्तरता पाएको देखीन्छ ।
शिल्दु जनसेवा युवा थाक ले पछिल्लो समय अाफ्नो बार्षीक उत्सब र मेला संग सगै मनाउदै अाएको छ।यस क्लब को ३५ अौ बार्षीक उत्सब तथा मेला संग सगै बनाउबे क्लव का अध्यक्ष डम्मरजंग गुरुङ ले बताउनु भयो । मेला मा भलीबल , ठेलो ,रस्सा कसी , रास्ट्रिय कलाकारहरु टंक वुढा थोकी , अासोक दर्जी , ऐ आर वुढाथोकी , सरोज मैनाली , लोक दोहोरी , निस्चल डान्स एकेडेमी तथा आमा समूह एंबम युवा कल्बको सास्कृतिक प्रस्तुति रहने क्लवका कोषाध्यक्ष प्रेम गुरुङले वताए । मेला संगै यस बर्ष नै करिब १५ लाख को लागतमा निर्माण गरिएको थाक घडेरीडांडा मैपोलो सडक र पन निर्माण गरिएको महिपोलो पोखरी को उद्घघाटन कास्की १ का संघिय संसद तथा पुर्ब स्वास्थ्य मन्त्री माननीय खगराज अधीकारीले गर्ने कार्यक्रम रहेको थाक हिल पर्यटन बिकास समितिका अध्यक्ष एंब क्लबका सल्लाहकार बालकृष्ण गुरुङले जानकारी दिनु भएको छ। ।
थाक महिपोलो सडक समितिका अध्यक्ष शेर बहादुर गुरुङले अब एेतिहासिक महिमा बोकेको घडेरी डांडा र महिपोलो मन्दिर ले थाक लाई सन्सार भरी चीनाउने वताए । मादी ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङले थाक गाउँ एतेहासीक गाउँ मात्र नभई कास्की पोखरा बाट नजिकको पर्यटकिय स्थल भएको ले वडा कार्यलयको विशेष पहलमा सुपर मादी हाईड्रो पावर , जनकल्याण समाज , गाउबासी ,हङकङ , यु के लगायत बाहिर रहेका सम्पुर्ण थाक माैलाको साथ सहयोगले बाटो निर्माण गरिएको र अब पोखरी , मन्दिर, गेट लगायत भाैतिक पुर्बधार निर्माण हुने र पर्यटन र कृषी बाटै सबैलाई स्बरोजगार बनाउने योजना रहेको वताए । थाक बाट घडेरी डांडा ताराहिल हुँदै सिक्लेस सम्म को पदमार्ग पनि यसै बर्ष वडाकार्यलयको सहयोगमा ब्यबस्थित गरिएको पर्यटन ब्यबसायी बिकास गुरुङले बताए । थाक मेलाका लागी मेला मात्र नभई पोखराबाट ११ कि मि मात्र टाढा रहेको पर्यटयकि गाउँ पनि हो ।जुन सिक्लेस जान बाटोमै पर्दछ ।