logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाले दियो अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष लगाएतलाई जनकारवाहीको चेतावनी


  • राजनीति
  • मंगलबार, फाल्गुन ७ २०७५

ओम हमाल- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्नपुर्ण गाउँपालिका कमिटीले सो गाउँपालिकाका प्रमुख युवराज कुँवरलाई एक पत्र लेखी जननिर्वाचित भनिएका प्रतिनिधिहरुलाई कार्यालय समयमा कार्यालयमा नै बसेर जनपक्षीय काम गर्न अन्यथा जनकारवाही गर्ने चेतावनी दिएको छ ।

ने.क.पा. अन्नपुर्ण गाउँपालिका कमिटिका इन्चार्ज परिवर्तनको नाममा मिति २०७५/११/५ गते चलानी नम्बर १०१ उल्लेख गर्दै अन्नपुर्ण गाउँपालिकाका प्रमुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा पांच वटा मागहरु अघि सारिएको छ ।गाउँपालिकाभित्र रहेका शैक्षिक सस्थाहरु तथा विकास निर्माणका काममा भएको भ्रस्टाचार एबम अबरोध तुरुन्त हटाउनुपर्ने र निर्वाचित भनिएका जनप्रतिनिधिहरु स्थानीय निकायको कार्यलयमा नै बसि जनतालाइ सेवा प्रबाह गर्नुपर्ने मुख्या मागहरु सो चेतावनी पत्रमा लेखिएको छ ।

सो चेतावनी पत्रमा अन्नपुर्ण गाउँपालिका वडा ५, ९ , १० र ११ मा शैक्षिक् संस्थामा भएका भ्रस्टाचार, विकट ठाउँहरुमा बिकास बजेटको नाममा भएका अनियमितता र अवरोधको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र त्यस बारेमा छानबिन कार्य पनि भैरहेको उल्लेख छ । यस्ता चरम लापरवाही, शैक्षिक संस्थाहरुमा भएका ब्यापक भ्रस्टाचार, बिकास निर्माणका काममा भएका राजनीतिक भागवण्डा, अवरोध र लडाई तथा भ्रस्टाचारमा संलग्नलाई राजनीतिक संरक्षण जस्ता बेथिति र बिकृतिहरु अन्नपूर्ण गाउँपालिकाभित्र रहेको गाउँपालिका प्रमुखलाई सम्बोधन गरी लेखिएको पत्रमा उल्लेख छ । उल्लेखित बिकृति र विसंगतिहरुका बारेमा अबिलाम्वा छानबिन गरी दोषीमाथि कारवाही गर्न र विकास निर्माणका काममाभेका अवरोधहरुलाई तत्काल सर्वपक्षीय छलफल गर्न पनि सोही चेतावनी पत्रमार्फत अनुरोध गरिएको छ । अन्यथा जनताको न्याय र अधिकारका लागि चरणबद्ध आन्दोलन अघि बढाइने पत्रमा जानकारी दिइएको छ ।अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ घान्द्रुक बसपार्क, डांडागाउँ, वडा कार्यालय उरी जोड्ने बाटो निर्माणमा भएको अवरोध तत्काल हटाउन ने.क.पा.ले अन्नपूर्ण गाउँपालिकासंग पहिलो माग राखेको छ ।

निर्वाचन मार्फत निर्वाचित भनिएका जनप्रतिनिधी र सचिवहरुले दैनिक आफ्नो कार्यालायामा बसेर जनतालाई सेवा दिनुपर्ने अर्को माग ने.क.पा.को रहेको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ स्थित भगवती माविको भवन निर्माणको क्रममा भएको २७ लाख रुपियाँ अनियमितता बारे छानविन गरी दोषीमाथि कडा कारवाही गर्न तथा सोही गाउँपालिकाको वडा नम्बर ५ नयाँपुल्स्थित अभिमान माविमा देखिएको आर्थिक तथा प्रशासनिक अपारदर्शिता चिर्न तत्काल सार्वजनिक गर्ने ब्यबस्था गर्न र वडा नम्बर १०स्थित् खुम्रोखु बराह माविको भवन निर्माणका क्रममा भएका अनियमितताको तत्काल छानविन गर्न पनि सोही पत्रमार्फत माग गरिएको छ ।

जन सञ्चारबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार