logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बाग्लुङमा वार्षिकोत्सव मनाएर फर्किदै गर्दा जिप ७०० मिटर तल,एउटै बिधालयको चारको मृत्यु


  • राजनीति
  • बुधबार, फाल्गुन ८ २०७५

बाग्लुङ– जैमिनी नगरपालिका–८ छिस्तीमा भएको जिप दुर्घटनामा दुर्घटनामा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल टीका भनिने तुलसी पुन, सोही विद्यालयका विद्यार्थीहरु प्रियंका पुन, एलिना पुन र ज्योति पुनको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका धना श्रीष, बिष्ना श्रीष, संगम श्रीष र सम्झना पुनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । बाँकी सात जनामध्ये कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भैरहेको छ । दुईजना समान्य उपचारपछि घर फर्किएका छन् ।

जिपमा २५ जनाभन्द बढी यात्रु सवार थिए । मंगलबार साँझ ध १ ज ७९१ नम्बरको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटनामा परेको हो । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिव ७०० मिटर तल खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार