logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका रिहाई भएका नेतालाई आज एक कार्यक्रम विच सम्मान


  • राजनीति
  • बुधबार, फाल्गुन ८ २०७५

गुल्मी – नेपाल कम्युनिस्ट पार्टी विप्लवका गुल्मी जिल्ला ईन्चार्ज सहित चार जना नेतालाई आज एक कार्यक्रम विच सम्मान गरेका छन ।नेकपा अर्धखाची गुल्मी अभियान प्रमुख एवम केन्दिय सदस्य सन्देश पौडेलले अविर लगाएत रिहा नेताहरुलाई सम्मान गरेको हो।

संगठन सुदृढ़ र विस्तार अभियान २ मा सहभागी नेकपा नेताहरू लाई अर्घाखाचीको मणेचौरमा कार्यक्रम गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।आफ्ना गिरफ्तार गरिएका नेताहरू लाई बिना शर्त रिहाई को माग गर्दै लुम्बिनी बन्दको आह्वान गरेको केही दिनमा नेकपाका नेता लाई रिहाई गरिएको हो ।

हिरासतबाट मुक्त हुनेमा अर्घाखाँची जिल्ला जन सरकार प्रमुख पिताम्बर पाख्रेल, गुल्मी जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंह, सोही जिल्लाका सेक्रेटरी खिमबहादुर खड्का र कपिलबस्तु जिल्ला सदस्य टुपलाल पुन रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार