logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओली-प्रचण्ड सहमति : धरापमा पर्दै सरकारका यी दुई मन्त्री


  • राजनीति
  • बुधबार, फाल्गुन ८ २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने सहमति भएको थियो । एक वर्षको अवधिमा सरकारको कामको नागरिकस्तरबाट आलोचना सुरु भएपछि मन्त्री हेरफेर गर्ने तयारी गरिएको हो ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको बताईएको छ । सरकारमा नेकपाको तर्फबाट प्रधानमन्त्रीसहित २२ र संघीय समाजवादी फोरम ३ गरी २५ जना मन्त्री रहेका छन् । जसमा प्रधानमन्त्रीसहित २२ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको पनि अनुगमन गर्ने चेतावनी दिएपछि अधिकाशं मन्त्रीले त्रासमा छन् ।

गृहमन्त्री बादल

ओली सरकारका मन्त्रीमध्ये गृहमन्त्री बादल सबभन्दा बढीअसफल देखिएका छन् । निर्मला हत्याकाण्डले सरकार नै बदनाम भएपछि ओली समस्यामा परेका छन् । त्यस्तै गृहमन्त्री बनेपछि बादलले सिण्डिकेट तोड्ने बताएपनि अन्त: घुडा टेकेका थिए । ३८ सय कालो सुन तस्करी, ३३ कलो सुनकाण्ड र प्रहरीको नक्कली ईनकाउण्टरले गृहमन्त्री बादलको सर्वत्र आलोचना भएको थियो । यसरी हेर्दा पर्यटनमन्त्री रबिन्द्र अधिकारीपछि गृहमन्त्री बादलका कारण ओली नेतृत्वको सरकार बदनाम भएको छ । त्यसकारण गृहमन्त्री बादललाई मन्त्रीबाट हटाउनु पर्ने सत्तारुढ नेकपाभित्र तथा बाहिरबाट दबाब बढेको छ ।

साँस्कृति पर्यटन तथा उड्यनमन्त्री रबिन्द्र अधिकारी

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डका बीचमा मन्त्री फेरबदल गर्ने सहमति भएपछि साँस्कृति पर्यटन तथा उड्यनमन्त्री रबिन्द्र अधिकारी सबभन्दा बढी बदनाम भएर धरापमा परेका छन् । मन्त्री अधिकारी चार अर्ब ३६ करोडको भ्रष्टाचारकाण्डमा मुुछिएपछि सरकारको सर्वत्र आलोचना भएको छ । केही मन्त्रीलाई मात्र फेर्दा विवाद हुने भएकाले सबै मन्त्रीलाई नै फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा गृहकार्य सुरु भएको नेकपा भित्र चर्चा चलेको बताईन्छ । दुई बहुमतको सरकारले परिणाम देखाउने गरी काम गर्नका लागि सेट नै परिवर्तन गर्ने कि केही मन्त्रीलाई यथावत् राखेर केहीलाई मात्र फेर्ने भन्ने टुगो लाग्न बाँकी छ ।’ नेकपाभित्र एक वर्षसम्म कुनै पनि मन्त्रीहरुलाई नफेर्ने नीति लिएको थियो । तर मन्त्रीहरुले जनताको पक्षमा काम गर्न नसकेपछि ओली र प्रचण्डले मन्त्री हेरफेर गर्ने सहभमति गरेका हुन् ।

सरकार गठन भएयता सरकारका मन्त्रीहरुले खासै जनताको पक्षमा काम गर्न सकेका छैनन् । मन्त्री बनेपछि बिना मगर र गोकर्ण बिष्ट पनि विवादमा पर्दै आएका छन् । गोकर्ण बिष्टले मन्त्री भएपछि नेपाली कामदारको मुख्य आकर्षणको केन्द्र रहेको मलेशियामा बैदेशिक रोजगारी बन्द गरेपछि उनको आलोचना भएको थियो भने बिना मगरलाई खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चको ठेकेदार सीएमसीलाई फिर्ता बोलाए मुलुकलाई करिब सात अर्ब घाटा लाग्ने बताउँदै आएका छन् । प्रचण्ड र ओलीको बीचमा सरकारका मन्त्री फेरबदल गर्ने सहमति भएसँगै मन्त्रीहरुमा त्रास बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार