logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कबड्डी कबड्डी पछी कबड्डी ३ आउने,दया सङ्गै प्रदिप खड्का पनि


  • राजनीति
  • बिहिबार, फाल्गुन ९ २०७५

निर्देशक रामबाबु गुरुङलाई निर्देशनमा सफल बनाएको चलचित्र कबड्डी र कबड्डी कबड्डी पछी कबड्डी ३ आउने भएको छ।यो चलचित्रमा ‘कबड्डी’देखि नै पर्दामा देखिएका नायक दयाहाङ राइले काम गर्ने पक्का छ ।

निर्देशक गुरुङले भने–‘दयाहाङ त पक्का हुने र नहुने भन्ने नै भएन । यो त उनको नै फिल्म हो ।’ यसपटक भने, यो चलचित्रमा चकलेटी अनुहारका कारण चर्चामा रहेका नायक प्रदिप खड्काको प्रवेश हुने देखिएको छ ।नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाहा गरेको जस्तै भूमिका निर्वाहा गर्नेछन् ।

प्रदिपको बिषयमा निर्देशक रामबाबु गुरुङले भने–‘प्रदिपसँग मौखिक सहमती मात्र भएको हो । हामीले लिखित सहमती नगरेका कारण पनि प्रदिप पक्का भन्न सकेका छैनौ । किनकी, भोली उनको समय, पारिश्रमिक मिलेन भने जे पनि हुनसक्छ । तर, मौखिक रुपमा काम गर्ने कुरा भएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार