राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समितीले संगठनात्मक गतिविधिलाइ तीव्रता दिएको छ । जिल्ला अंतरगतका सबै क्याम्पसमा बिद्यार्थीको प्रतिनिधित्व गर्दै मागपत्र बुझाउने र संघर्ष गरिरहेको क्याम्पस जिल्ला अध्यक्ष उषाकीरणले बताएकाछन ।
यसै क्रममा क्याम्पस जिल्ला समिती अंतरगत पशुपति क्याम्पस समितिले क्याम्पसमा तालाबन्दी गरेको छ प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै क्याम्पस प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको हो ।
क्रान्तिकारीले गत पुस १२ गते क्याम्पस प्रशासनसमक्ष विद्यार्थीको परिचयपत्र डिजिटल हुनुपर्ने, लामो समयदेखि रोकिएको छात्रवृत्ति निष्पक्ष ढङ्गले वितरण गर्नुपर्ने, स्ववियु तथा क्याम्पसको आय व्यय तत्काल सार्वजनिक गर्नुपर्ने, क्याम्पसमा राजनीतिक भागबन्डा बन्द गर्नुपर्ने, विद्यार्थी बडापत्र टाँस्नुपर्नेलगायत १४ बुद्धे मागपत्र पेस गरेको थियो । क्याम्पस प्रशासनले सङ्गठनका माग बेवास्ता गरेकाले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको एकाइ समितिले जनाएको छ ।

बिज्ञप्ती
उक्त क्याम्पस समितिका अध्यक्ष खगेन्द्र राईले पुस १२ गते पेस गरिएका माग पूरा नगरिएपछि क्याम्पस प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको बताए । उनले क्याम्पस प्रशासन नै विद्यार्थीको हकविपरीत काम गरेको, क्याम्पसमा अराजकता फैलाउन सहयोग गरेको, निश्चित पार्टीको आडमा आर्थिक हिनामिना गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको पनि बताए ।


मागपत्र