logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

खाडी मुलुक भन्दा बिदेशीयका बिधार्थीबाट बढी रेमिटान्स भित्रिदै


  • पत्रपत्रिका
  • शुक्रबार, फाल्गुन १० २०७५

काठमाडौ । उच्च शिक्षा अध्यायन का लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आर्कषक गन्तव्य हुन्

केन्द्रीय बैँकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्टे«लिया, क्यानाडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको ३३.४ प्रतिशत हुन आउँछ । यो समाचार आजकाे नयाँ पत्रिका दैनिक ले लेखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार