logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दमौली भएको ग्याङफाइटमा दुई घाइते, १९ युवा पक्राउ


  • राजनीति
  • सोमबार, भाद्र २६ २०७४

सदरमुकाम दमौली बजार नजिकै व्यास–५ पाटनमा शनिवार साँझ ग्याङफाइटमा संलग्न १९ जना युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ गर्नेहरुमा १६देखि १७ वर्षका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुई समूह बीचको झडपमा परी घाइते हुनेमा व्यास–५ निवासी मनिष थापा र सनम राई रहेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

घटना हुँदा हुँदै पुगेको प्रहरीले घटनास्थल बाट झण्डै दुई दर्जनलाई पक्रेको थियो । पक्राउ पर्नेहरुबाट एक थान खुकुरी र केही थान लाठी बरामद भएको छ । खुकुरीसहित पाटन प्रवेश गरेका ती युवाहरुले प्रहरी आएपछि केही हतियार नदीमा फालेको बताइएको छ ।

केही समयअघि पाटनका युवाले झापुटारका युवामाथि आक्रमण गरेपछि त्यसको प्रतिवाद गर्न गएका युवाहरुले केही स्थानीयमाथि कुटपिट गरेका थिए । त्यसलगत्तै प्रतिवाद भए पछि दोहोरो झडपको स्थिती आउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनालगत्तै पुगेको प्रहरीले संलग्न सबैलाई नियन्त्रणमा लिए पछि थप क्षति टरेको एक स्थानीयले बताए।

यसरी पक्राउ पर्नेमा झापुटारका युवाहरु रहेको बताइएको छ । तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ गरी घट्नामा संलग्न युवाहरु पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए ।

घट्नामा घाइते भएका दुई युवाहरु अस्पतालमा उपचार पछि सम्पर्कमा आएको र पीडित नै जाहेरी दिन नआएकोले पक्राउ परेकाहरु प्रहरी नियन्त्रणमै राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार