आश तमु- पोखरामा आज राती दुई पटक सम्म भुकम्पको पराकम्पन महसुश गरिएको छ। राती करिव १२ बजेर ५ मिनेट जादा अनि बिहान पख ३ बजेर २६ मिनेटको समयमा कम्पन महसुस गरिएको हो। तर भुकम्पमापन केन्द्र भने यसबारे जानकारी गराएको छैन।अधिकाश पोखरेलीले कम्पन महसुस गरेका थिय। तर भुकम्पमापन केन्द्रबाट कुनै जानकारी न आए पछी अचम्म मानेका छन।
विसं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ (६:११:२६ युटिसि)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७।८ रेक्टर स्केलको भूकम्प १५ किमी (९।३ माइल) गहिराईमा गएको हो ।[१] विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२[३] मानिसको ज्यान गएको छ । नेपालसँगै रहेका भारत, चिन र बङ्गलादेशमा पनि कयौं मानिस हताहात भएको छ । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका छन् जसमा वसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । भूकम्पले राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ ।
भूकम्प जानुको कारण
२०७२ साल बैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ ।
भूकम्पले गरेको विनाश
वि।सं। २०७२ बैशाख १२ गते मध्यान्नमा गएको भूकम्पको धक्का नेपाल लगायत छिमेकी मुलुक भारत, बङ्गलादेश र चिनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकिय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउँ पहिरोमा पुरिएको छ । [५] यसै गरि सिन्धुपाल्चोक जिल्लाको सिपाघाट भन्ने बजार पनि पुरै बगरमा परिणत भएको छ ।[६]। त्यसैगरी भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा केवल इतिहासका पन्नामा सिमित भएको छ । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो ।
जनहानि तालिका
राष्ट्र अनुसारको क्षति
राष्ट्र मृत्यु घाइते श्रोत
नेपाल नेपाल >८४८६
>१७८६६ [७][८][९]
भारत भारत ७८ ५६० [१०]
चीनी जनवादी गणराज्य चीन २६ ३८३ [११]
बङ्गलादेश बङ्गलादेश ४ २०० [१२]
जम्मा >८२५९ >१९००९
नेपालमा विदेशीहरूको क्षति
राष्ट्र मृत्यु घाइते स्रोत
भारत भारत ४० [१३]
फ्रान्स फ्रान्स १० [१४]
स्पेन स्पेन ७ [१५]
जनबादी गणतन्त्र चीन चीन ४ [१६]
जर्मनी जर्मनी ४ [१७][१८]
इटाली इटाली ४ [१९]
संयुक्त राज्य अमेरिका संयुक्त राज्य ४ [२०]
क्यानडा क्यानडा २ [२१]
रसिया रुस २ [१६]
अस्ट्रेलिया अष्ट्रेलिया
भारत भारत १ [२२][२३]
इस्टोनिया इस्टोनिया १ [२४]
हङकङ हङकङ
संयुक्त अधिराज्य संयुक्त अधिराज्य १ [२५][२६]
इजरायल इजरायल १ [२७]
जापान जापान १ [२८]
न्युजिल्यान्ड न्यु जिल्याण्ड १ [२९]
संयुक्त अधिराज्य १ [३०]
मलेशिया मलेसिया १ [३१]
जम्मा ८५
बिस २०७२ साल बैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गाेरखा जिल्लाकाे बारपाकमा ७।८ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।यस भूकम्पका कारण सात हजार भन्दा ठुलाे संख्यामा हताहती भएकाे छ ।
बि।स। २०७२ साल बैसाख १२ गते गएकाे भूकम्पकाे धक्का महसुस १४ दिन बितिसक्दा पनि अझै सम्म गरीएकाे छ । २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौंमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् ।
त्यस्तै बैशाख २९ गते गते गएकाे अर्को ६।९ काे पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो । यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।