राजनीति
कतिपय मन्त्रीले सही ढंगले कार्यसम्पादन गर्न नसकेकाले मन्त्री फेरेर भएपनि जनमुखी कामलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री आन्तरिक छलफलमा जुटेको नेकपा निकट स्रोतले जनाएको छ।
स्रोतले सांगठनीक एकीकरणको टुंगो लगाइएपछि मन्त्री फेर्ने विषयमा पार्टीमा आधिकारिक रुपमै प्रवेश गराएर निर्णय गर्ने तय भएको जानकारी दिए ।
नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली रिजल्ट दिन नसक्ने मन्त्रीहरुलाई निरन्तरता दिने पक्षमा नरहेको पबि बताए।र उनीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा छलफलमा लागेको बताउँछन् । नेकपा निकट एक नेताले मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दुई चरणमा छलफल भइसकेको छ।
कुन मन्त्रीको कार्यसम्पादन कस्तो ?
अनुगमनका क्रममा अधिकांश मन्त्रालयको कार्यप्रगति सन्तोषजनक नदेखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। २२ मन्त्रालयमध्ये १२ मन्त्रालय अनुगमनको क्रममा कमजोर देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार कार्ययोजनाअनुसार काम नगर्नेमा बिना मगर मन्त्री रहको खानेपानी मन्त्रालय शीर्ष स्थानमा रहेको छ ।
गत साउनदेखि माघ मसान्तसम्म ७ महिनामा १ सय १३ कार्ययोजनामा खानेपानी मन्त्रालयले ९।३ प्रतिशत काम सुरु नै गरेको छैन । ४।४२ प्रतिशत काम भइरहेको र ६।१९ प्रतिशत कार्ययोजना सम्पन्न गरेको प्रधानमन्त्री कार्यालयको आँकडा छ ।
यस्तै समयमा कार्ययोजना सम्पन्न नगर्ने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ ।
यसो त मन्त्रालयहरुलाई काम गराउन दवाव दिने उद्देश्यले यस्तो कार्ययोजना ल्याउने प्रधानमन्त्री कार्यालय स्वयं पनि समयमा कार्ययोजना पूरा नगर्ने तेश्रो स्थानमा परेको छ । प्रधानमन्त्री कार्यालयले ४ कार्ययोजनामा ७८।५७ प्रतिशत कार्ययोजना शुरु नै गरेको छैन । ७।१४ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ भने १४।२ कार्ययोजना पूरा गरेको छ ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि तथा सहकारी मन्त्रालय, कानुन मन्त्रालय, खेलकूद मन्त्रालय, सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, ऊर्जा मन्त्रालय र शहरी विकास मन्त्रालय पनि कार्ययोजन पूरा नगर्नेमा रहेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसारको आंकडा अनुसा धेरै कार्ययोजना पूरा गर्नेमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालय रहेको छ । मन्त्रालयले आंकडाअनुसार ५१ कार्ययोजना मध्ये परराष्ट्रले ६० प्रतिशत कार्ययोजना सम्पन्न गरेको छ भने ३२।३३ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ । यस्तै ७।६७ प्रतिशत कार्ययोजनाको काम शुरु भएको छैन ।
यस्तै श्रम, रक्षा, महिला, कृषि जस्ता मन्त्रालयको कार्यप्रगति भने सन्तोषजनक देखिएको छ ।
गत साउनदेखि प्रधानमन्त्री कार्यालयले समय तालिका बनाएर मन्त्रालयहरुलाई काम छिटो गराउन अनुगमनको पनि अनुगमन गर्ने कार्ययोजना अघि सारेको थियो । सफ्टवेयर बनाएर मन्त्रालयले गरेको कामका आधारमा ‘रेटिङ’ अर्थात नम्बर दिने र सो को विवरण एप्लिकेशन मार्फत प्रधानमन्त्री ओलीले नै हेर्न सक्ने व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्री कार्यालयले गरेको कार्यमूल्यांकनसँगै मन्त्रीबाट गर्न सकिने आशा, कार्यअवधिमा गरेको प्रयास र मूल्यांकनको आधारमा हालका लाई विदाई गर्ने र नयाँलाई जिम्मेवारी दिने विषयमा नेकपा र सरकारभित्र छलफल चलिरहेको नेकपा निकट स्रोत बताउँछ । जसअनुसार कार्यसम्पादन ठीकै भएपनि विवादमा तानिएको आधारमालाई हटाएर नयाँ ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।