logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा खाल्टे मसिनाका समिर रानाभाट आफ्नै शौचालय भित्र मृत अवस्थामा फेला


  • राजनीति
  • शुक्रबार, फाल्गुन १० २०७५

पोखरा – पोखरामा आफ्नै शौचालय भित्र एक ब्याक्ति मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको शौचालयभित्र मृत अवस्थामा पोखरा महानगरपालिका वडा नं १४ खाल्टे मसिना बस्ने बर्ष २३ का समिर रानाभाट फेला परेका हुन् ।

शौचालय भित्र अचेत अवस्थामा देखेपछि तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रानाभाटको मृत्युका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । ‘घट्नाको बारेमा थप अनुसन्धान भई रहेको छ’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार