पोखरा महानगरपालिका अन्तरगर्त लेखनाथ डाडाँनाक स्थित रहेको एनसेलको टावरमा आज मध्यरातमा अज्ञात समुहले आगजनी गरेको छ । हिजो साझ एनसेलको केन्द्रिय कार्यालयमा भएको पहिलो विस्फोट पछी यो आगजनी भएको हो।
डाडाँनाक इलाका प्रहरी कार्यालय नजिकै यस्तो कार्य भए पनि प्रहरीले भने सुईको समेत पाएन । प्राप्त स्रोत अनुसार देशै भर भएको एनसेल माथीको आक्रमण बिप्लव नेतृत्वको नेकपाले गरेको जनाएको छ। केही समय अगाडी विप्लव नेतृत्वको नेकपाले एनसेलले राज्यलाई बुझान पर्ने अरवौ कर नतिरेको भन्दै देशैबाट निकाला गर्ने भन्दै सघर्षका कार्यक्रमहरु गर्दै आइ रहेका थिय । प्राप्त जानकारी अनुसार डाडा नाक मा आगजनी भएको टावर पुर्ण रुपमा ध्वस्त भएको छ ।
फाइल फोटो