राजनीति
बाग्लुङ – शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ। जिल्ल प्रहरी कार्यलय बाग्लुङका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यलय वाग्लुङ ले बताएका छन्।
आगजनीको जिम्मा कसैले नलिए पनि विप्लव समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ।