logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवसंग यथासाक्य बार्ता गर : गच्छदार


  • न्युज डेस्क
  • शनिबार, फाल्गुन ११ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली  काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले  सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सग अबिलम्व वार्ता गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिंसात्मक  बाट निकास ननिस्किने भन्दै  नेपाल कम्युनिष्ट पार्टी (चन्द)सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।

विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए ।

उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार