नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई अछामको पुन्नीतलाबाट प्रहरीले आज अर्थात शनिबार गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
नेतृ बन्धु नेकपाले सञ्चालन गरेको अभियान मा पश्चिम नेपालकाे भुगाेलमा थिइन । उनको पार्टी ले संन्चालन गरेकाेे अभियान का क्रममा अछाम पुगेकी नेतृ चन्दलाइ आज दिउसाे गिरफ्तार गरेकाे बताइएको छ। गत माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को प्रमुख समेत रहेकी थिइन।
प्रहरी प्रवक्ताका अनुसार एनसेल टावरको आगजनीमा सम्लग्न भएको आशंकामा अहिले सम्म देशैभर बाट १८ जना गिरफ्तार गरेर अनुशन्धान सुरु गरिएको बताएकाछन ।