logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

आयल निगमका निर्देशकलाइ कारवाही गर्न आपूर्ति सचिवको सिफारिस


  • राजनीति
  • मंगलबार, भाद्र २७ २०७४

२७ भदौ, काठमाडौं । जग्गा खरिद प्रकरणको अर्बौं रुपैयाँ घोटालामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् ।

मन्त्रालयले जग्गा खरिदबारे अध्ययन गर्न नियम सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिवलाई निर्देशन दिएको थियो । ‘जे देख्नुहुन्छ, त्यसको रिपोर्ट दिनुस् भनेका थियौं’ मन्त्री मण्डलले भने, ‘सचिवको रिपोर्ट आएको छ ।’

स्रोतका अनुसार जग्गा खरिद प्रकरणमा बदनियत प्रष्ट देखिएको भन्दै आपूर्तिसचिवको प्रतिवेदनमा खड्कालाई कारवाही गर्न सिफारिस गरिएको छ । खड्कालाई आयल निगममा राखिरहँदा अपूरणीय क्षति हुने देवकोटाले बताएका छन् ।

रिपोर्ट बुझाएर सचिव देवकोटा सोमबार साँझै चीन भ्रमणमा निस्किएका छन् ।

संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइरहेका बेला मन्त्रालयकै सचिवले कारवाही सिफारिस गरेपछि आपूर्तिमन्त्री मण्डल नैतिक दबावमा परेका छन् ।

खड्कालाई मन्त्रिपरिषदले नियुक्त गरेकाले कारवाही गर्ने अधिकार पनि उसकै हुन्छ ।

मन्त्री मण्डलले भने, ‘म आज काठमाडौं आउँदैछु । सचिवले जे रिपोर्ट दिनु भएको छ, त्यस अनुसार अघि बढ्छौं । त्यसका लागि सम्वन्धित ठाउँमा प्रस्ताव लैजान्छौं ।’

निर्दोष कोही पनि नपरोस् भनेर मात्र आफू हतारमा कुनै निर्णय नगरेको भन्दै उनले दोषी देखिएकालाई कारबाही गर्न आफू कुनै हालतमा पछि नहट्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार