राजनीति
काठमाडौं- शनिबार पार्टी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउने भने पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिनको कार्यक्रममा व्यस्त भएपछि बुज्जाउन पाएको छैन। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन परेको कारण व्यस्त भएका थिय।
पार्टी एकीकरणका लागि गठित ९ सदस्यीय कार्यदललाई शुक्रबार नेकपाको सचिवालयले विघटन गरेको थियो। कार्यदल विघटन गरिएको प्रति असन्तुष्टि जनाएको समूहले तयार पारेको प्रतिवेदन शनिबार अध्यक्षलाई बुझाउने तयारी गरेका थिए।
तर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिएपछि समूहले प्रतिवेदन बुझाउन पाएन।
गत पुस १२ गते नेकपाको स्थायी समितिले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको समय अवघि १५ दिन दिइएको थियो।
कार्यदलभित्र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबीच सहमति नहुँदा दुई महिनासम्म कार्यदलले एकीकरणको खाका कोर्न सकेको छैन। प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्तावमा शुक्रबार कार्यदल विघटन भएको हो।
कार्यदलका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली पक्ष कार्यदलमा अल्पमतमा परेपछि कार्यदल विघटन भएको हो। कार्यदलभित्र प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा उभिएका थिए।
प्रतिवेदन बुझाउन चाहने समूहमा भुसालसहित योगेश भट्टराई, वर्षमान पुन र सुरेन्द्र पान्डे लगायत रहेका छन्।