logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रोल्पामा एनसेलका दुइ टावरमा आक्रमण पुर्णरुपमा ध्वस्त भएको अनुमान


  • राजनीति
  • शनिबार, फाल्गुन ११ २०७५

रोल्पा – गए राति रोल्पाका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ । रोल्पाको सुलिचौर र जुगलमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा बम प्रहारको कारण आगलागी भएर ध्वस्त भएको बुझिएको छ ।
आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ । घटनाको बारेमा प्रशासनले अध्ययन भइरहेको स्रोतले जनाएको छ ।

देशैभरका एनसेल टावर माथिको आक्रमणको जिम्मा कसैले नलिएको भएता पनि प्रशासनले भने विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार