logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भ्रष्टाचार सरकारका कारण बढिरहेको छ : नेता नेपाल


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

सत्तारूढ दल नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले भ्रष्टाचार मौलाएको बताएका छन् ।शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले सरकारले दण्डहीनता बढाउनमा सहयोग गरिरहेकाेे भन्दै  दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए ।

उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे ।

अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए ।

नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएकाले जनताले अपेक्षा गरे अनुसार काम नभएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार