logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केन्द्रीय अध्यक्ष बन्धु चन्द निसर्त रिहाइको माग गर्दै आयो कडा विज्ञप्ति


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

संगठनका केन्द्रीय उपाध्यक्ष सम्झना घर्तीले एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई विनाकारण गिरफ्तार गरेकोमा संगठनले घोर भत्सर्ना गर्दै निसर्त रिहाइको माग गरेको छ ।

अछामको विनायक पन्चदेवल नगरपालिका पुन्नेतलबाट हिजो विहान ९ः३० बजे बिना कारण गिरफ्तार गरेको भन्दै संविधानले दिएको स्वतन्त्र दंगले राजनीति गर्न र प्रचार गर्न पाउने, संगठन गर्न पाउने अधिकारलाई राज्य आफैले उपहास गरि विना कारण गिरफ्तार हुनुभएका संगठनका अध्यक्षलाई निसर्त तुरुन्त रिहाइको माग गर्नुभएको छ ।

पार्टीको संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा संगठनको कामको सिलसिलामा गरिएको गिरफ्तारप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ । यदि रिहाइ नगरिएको खण्डमा यसको मुल्य राज्यले चर्को चुकाउनु पर्नेछ विज्ञप्तिमा उल्लेख छ ।

“महिलामाथी हुने हिंसा र सम्पुर्ण उत्पीडनको विरुद्ध अनवरत रूपमा अाफ्नाे संगठनले संघर्ष गर्दै आएको कुरा सर्वबिदितै छ । हिजो महिला मुक्ति र अधिकारको लागि महिला आन्दोलनको नेतृत्व गरेका महिला नेताहरु जनयुद्धको २५०० महिला सहिदको रगत आम उत्पीडित महिलाको आन्दोलनमा गरेको त्यागलाई कुर्ची र व्यक्तिगत स्वार्थमा साटेपछी हिलोमा लत्पटिएकोे महिला मुक्तिको झन्डा उठाउने जिम्मा हाम्रो संगठनलाई इतिहासले दिएको छ । अहिलेको राज्य व्यवस्थाले महिलामाथी हुने हिंसा र उत्पीडनलाई अझै बढवा दिइरहेको छ । महिला मुक्ति र अधिकार अनि सम्पुर्ण श्रमजीवी जनताको लागि आवाज उठाउने संगठनका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने, संगठनलाई अघोषित प्रतिबन्ध लगाउने, धम्की दिने जस्ता राज्यको गलत क्रियाकलापको विरुद्ध आवाज उठाउन र साथ सहयोगको लागि सम्पूर्ण महिला अधिकारकर्मी, महिला अधिकारका लागि कृयाशिल संघसंस्था लगायत सबैलाई हाम्रो संगठन हार्दिक अपिल गर्दछ” -विज्ञप्ति भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार