logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘मेरी बास्सै’का कलाकार राजु पौडेल “राजु मास्टर”को फेसबुक ह्याक भएपछि


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

कलाकार राजु पौडेल फेसबुक ह्याक भएपछि सहयोग माग्दै प्रहरीसम्म पुगेका छन्। हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका राजु मास्टरको फेसबुक ह्याक भएको हो। फेसबुक ह्याक भएपछि दोषीमाथि कारबाहीको माग गर्दै उनी प्रहरीसम्म पुगेका हुन्।

फेसबुकमा अनावश्यक तस्बिर पोस्ट हुन थालेपछि पौडेल प्रहरीसम्म पुगेका हुन्। राजुले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोवार ऐन अन्र्तगत छानबिन गरेर कारबाहीको माग गरेका छन्।

पौडेलले आफ्नो फेसबुक शुक्रबार साँझ ६ वजेबाट ह्याक भएपछि प्रहरीमा उजुरी दिएका हुन्। ह्याक भएको पौडेलको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार