logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेविसंघको आन्तरिक विवाद उत्कर्षमा, ढुंगा हानाहान भएपछि प्रहरीले गरे लाठी चार्ज


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतबार नेविसंघका दुई समूहबीच झडप भएको हो।

विद्यार्थीहरू बिच एकआपसमा ढुंगा हानाहान भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।

संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरू त्यसमा सन्तुष्ट छैनन्।
विधानमा उल्लेख भएको ३२ वर्षे उमेर हद तदर्थ समितिमा राख्ने किन नराख्ने भन्ने विवादमा कांग्रेस नेतृत्व रुमलिरहेको छ। अध्यक्षको दौडमा रहेका धेरै नेता ३२ वर्ष माथिका छन्। शीर्ष नेतृत्व उनीहरुलाई असन्तुष्ट बनाएर अगाडि बढ्ने मोडमा छैन। तर, केही नेता विधानको पालना गर्नुपर्छ भन्ने अडानमा छन्। विधान कार्यान्वयन भए नयाँ पुस्ताले नेतृत्व पाउने उनीहरुको दाबी छ। विधान कार्यान्वयन गर्नुपर्ने र निर्देशनमा चल्नुपर्ने दुई धारका विद्यार्थीबीचको विवादले आइतबार पार्टी केन्द्रीय कार्यालयमा झडप भएको हो। झडपपछि प्रहरीले लाठीचार्ज गरेको छ।

पार्टीले पारित गरेको विधान नै कार्यान्वयन गर्न धुकचुक गरेर कांग्रेस नेतृत्वले नेविसंघलाई झडपको स्थितिमा पुर्‍याएको हो। सभापति देउवा पक्षले नै ३२ वर्षे उमेरहदसहितको नेविसंघ विधानलाई बहुमतले पारित गरेको हो। तर, अहिले आफू निकट केही युवा नेतालाई खुशी पार्न देउवा नै विधान कार्यान्वयनको पक्षमा देखिदैनन्। केही नेताको प्रभावमा पार्टी सभापतिले निर्णय गर्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठकसमेत बस्न नसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार