राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बि.क. रिहाभएका छन । उनलाइ मोरङ जिल्ला अदालतबाट २० हज़ार धरौटीमा रिहा गरेको हो ।
नेकपाका प्रवक्ता खड्क बहादुर बिश्वकर्माका पुत्र तथा अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक माघ १७ गते बेलुकी बिराटनगर एयरपोर्ट बाट गिरफ्तारीमा परेका थिए ।
हाततियार खरखजना अभियोगमा बन्दी बनाइएका विकलाई रिहा गर्न आदेश दिएको छ ।
मोरङ जिल्ला अदालतमा आइतबार इजलास नम्बर ८ मा भएको बहसपछि नारायण प्रसाद शर्माको एकल इजलास रिहा गर्न दिएको हो । माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजना अभियोगमा मुद्दा चलाइएको थियो ।२५ दिनसम्म विकलाई हिरासत राखिएको थियो ।
बहसमा बन्दी विकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारीको नेतृत्वमा रहेको वकिलहरुको टोलीले बहस गरेका थिए ।