logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परि एक गम्भीर घाइते,हेलिकप्टरबाट काठमाण्डौ लगे


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

पोखरा- शनिबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परि एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ ।

सोलो पाइलट मैनालीले पोखरा १८ सराङकोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार गम्भीर घाइते भएका मैनालीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ ग्राण्डी अस्पतालमा पठाइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार