logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेल कार्वाही न्यायपुर्ण कार्य हो, अन्यायपूर्ण ब्यवहार भए नराम्रो सग प्रतिकार हुनेछ (सुदर्शनको भिडियो सहित)


  • आश तमु
  • सोमबार, फाल्गुन १३ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रिय मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले सरकारले नै मुलुक ठग्नेलाइ संरक्षण गरेको भन्दै आफ्नो पार्टीले कार्वाहीको पहल लिएको बताएकाछन । एनसेल टावर कार्वाहीको जिम्मा लिदै उनि भन्छन ‘एनसेलले नेपाली जनता माथी लुट मच्चाएको छ त्यसैले लुटको प्रतिकार गरिएको हो ।’

बिबिसी नेपाली सेवामा सग कुरा गर्दै एनसेलमा कार्वाही गर्दा ललितपुरमा भएको घटना प्रती दुख व्यक्त गरेकाछन । उनलेे भने ‘देश र जनताको पक्षमा संघर्षगर्दा क्रान्ति गर्दा केहि छिट्फुट दु:खद घटना हुन सक्छ तर हाम्रो पार्टी त्यो प्रती निकै सचेत र गम्भीर छ । नख्खुमा जुन घटना भयो परिवार प्रती समवेदना ब्यक्त गर्दैछौ । परिवारमा हामी राहतको ब्यवस्थापन गर्नेछौ । भन्दै दुख ब्यक्त गरेका छन ।

पार्टीको कार्यको जिम्मा सहित उनि थप्छन ‘जनताको न्यायपुर्ण कार्यलाइ अन्यायपूर्ण ब्यवहार गरे नेपाली जनताले नराम्रो सित प्रतिरोध गर्छन र राज्य सत्ता बाट लखेटेर नया सत्ता निर्माण गर्नेछन ।’

आफुहरुले वार्ताको माग नगरेको तर सकारात्मक ढंगले माग सम्बोधनको प्रतिक्षामा रहेको तर्क गरेकाछन । उनले थपे अबको वार्ता १७ हजार जनताको बलिदान,८० प्रतिशत भुभाग र ४० हजार जनमुक्ति सेनाको बारेमा के हुन्छ भन्नेमा मात्र वार्ता हुने वताएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार