logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बेंसीसहर नगरपालिका–८ दनाई फाँटमा छैटौं लमजुङ महोत्सव हुने


  • राजनीति
  • सोमबार, फाल्गुन १३ २०७५

लमजुङ – पर्यटकीय जिल्ला लमजुङस्थित बेंसीसहर नगरपालिका–८ दनाई फाँटमा छैटौं लमजुङ महोत्सव हुने भएको छ ।

आगामी १७ देखि २६ फागुनसम्म ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने मूल नाराका साथ उक्त महोत्सवको सञ्चालन हुने भएको हो ।

आयोजक लमजुङ उद्योग वाणिज्य संघले आइतबार बेंसीसहरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराइएको हो ।

महोत्सवमा जातजातिका संग्रहालय, गजल साँझ तथा सडक खाना, सडक खाना महोत्सव प्रमुख आकर्षणका रूपमा रहने भएको छ । त्यस्तै, फोटो तथा वृत्तचित्र प्रदर्शनी, पुस्तक प्रदर्शनी तथा बिक्री कक्ष, आईटी प्रदर्शनी, १५ वटा विद्यालय स्तरीय नृत्य प्रतियोगिता तथा नृत्य प्रदर्शन गरिने भएको छ ।

व्यावसायिक प्याराग्लाइडिङ, आत्तरिक पर्यटन टुर प्याकेज, पर्यटन सूचना केन्द्र सञ्चालन, स्थानीय साना तथा मझौला उद्यमीको उत्पादन प्रदर्शनी तथा बिक्रीवितरण, उत्पादनमुखी औजारको प्रदर्शनी, विभिन्न किसिमका सामानको व्यापारिक प्रदर्शन तथा बिक्री हुने आयोजकले जनाएको छ ।

त्यस्तै, महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, स्थानीय जातीय संस्कृति मञ्चन हुने भएको छ । विभिन्न विद्यालयका विद्यार्थीहरूको नृत्य प्रतिभा प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता, बालउद्यान महोत्सवमा राखिने लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजङ गुरुङले बताए ।

पर्यटन प्रवद्र्वन, स्थानीय कला संस्कृतिको संरक्षण, साहित्य, शिक्षा क्षेत्र, कृषि, घरेलु तथा औद्योगिक क्षेत्रको विकास गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको लमजुङ उद्योग वाणिज्य संघ तथा महोत्सवको मूल आयोजक समितिका संयोजक राजेश थापाले बताए ।

महोत्सवमा २५० वटा स्टलहरू राखिने भएको छ । महोत्सव अवधिभर झन्दै २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ । महोत्सवमा झन्डै २० करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको संघका महासचिव गुरुङले बताए । त्यस्तै, आयव्यय गरी ९६ लाख ५० हजार रुपैयाँको कारोबार हुने आयोजकले जनाएको छ ।

महोत्सव स्थल प्रवेश गर्नका लागि दर्शकलाई ५० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ टिकटको व्यवस्था रहेको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई महोत्सव स्थलमा निःशुल्क प्रवेश गराइने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार