राजनीति
अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजादले शिक्षा मन्त्रालय लाई तस्कर मन्त्रालय र कन्सल्टेन्सी हरुलाई काउन्सिलिङ नाम का मानव तस्कर हरु भएको आरोप लगाएका छन ।
दर्ता भएको नभएको जाचँबुझ नगरिकनै अष्ट्रेलियन ईन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) कलेज मा पढ्नकालागी नेपाली विद्यार्थी हरुलाई पठाउन शिक्षा मन्त्रालय ले नो अब्जेक्सन लेटर दिईएकोभन्दै आजाद ले अष्ट्रेलिया मा अलपत्र पढेका करिब १२०० भन्दा बढी विद्यार्थी को तत्काल उद्धार गरि सकुशल नेपाल फर्काउन समेत जोडदार माग गरेका छन । उनले फेसबुक मा एक स्टाटस लेख्दै नेपाल मा तस्करी गर्न वसेका -द नेक्स्ट , मर्सी, एक्सपर्ट, अल्फाबिटा, कंगारु, काठमाडौं इन्फोसिस, वेब, डल्फिन, एबीसी, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबललगायत कन्सल्टेन्सिहरुलाई कार्वाही गर्न हामी सरकार समक्ष जोडदार माग गरेका छन ।
उनले सरकार ले कार्वाही नगरे आफुहरु ले सबक सिकाउने आफ्नो स्टाटस ले लेखेका छन । दर्तै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) कलेजमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीले पनि कन्सल्टेन्सीका झूटा सूचनाको प्रलोभनमा परेको विद्यार्थीहरुको गुनासो आएको थियो । ‘कलेजको वेबसाइटमा पनि गलत सूचना राखिएको थियो । नेपाली विद्यार्थी हरु त्यही सुचनालाई विस्वास गरेर अष्ट्रेलिया गएका थिए , कलेज दर्ता भए नभएको जानकारी नै नगराई कन्सल्टेन्सिहरु ले विद्यार्थीहरु लाई झुटा सपना देखएर मोटो रकम असुल गरेका समाचार हरु आइरहेका छन ।