logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कर छली गर्ने एनसेललाइ कार्वाही गर्ने विप्लवलाइ पुरस्कृत गर्नुपर्छ : गोपाल किराँती


  • आश तमु
  • सोमबार, फाल्गुन १३ २०७५

सरकार ले विप्लव नेतृत्व को नेपालकम्युनिस्ट पार्टी का नेता कार्यकर्ता प्रती कडा रबैया अपनाउन सुरक्षा निकाय लाई निर्देशन गरिरहेको बेला नेकपा-(माओवादी केन्द्र) का अध्यक्ष एव पुर्व मन्त्री गोपाल किरातीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिलाई पुरस्कृत गर्नुपर्ने बताउनु भएको छ । किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विप्लव नेतृत्वको नेकपालाई दमन होइन पुरस्कृत गर्नुपर्ने बताउनु भएको हो ।
प्रचण्ड हरु एमाले मा विलय भएपछी माओवादी केन्द्र को पुनर्गठनमा लागेका पुर्व मन्त्री किरातीले विद्यमान बस्तुगत परिस्थितिकामा सशस्त्र राजनीतिलाई स्वीकार गर्न नसकिने तर अर्बाैं कर छली गर्ने एनसेललाई
विप्लव नेतृत्व को नेकपाले कारबाही गरेकोमा पुरस्कृत गर्नु पर्ने धारणा आफ्नो फेसबुक स्टाटस मा लेख्नुभएको छ ।

नेता किराँतिले विप्लव नेतृत्वको नेकपामाथि दमन गरिए प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) Ncell को राष्ट्रिय अपराधका मतियार हुने समेत बताउनु भएको छ ।

एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट विप्लव नेतृत्वको नेकपा का स्थाई समिती सदस्य तथा मध्य केन्द्रिय कमाण्ड का इन्चार्ज हेमन्त प्रकाश ओलि (सुदर्शन) ले Bbc. नेपाली सेवालाई एक अन्तर्वार्ता दिँदै स्वीकार गरिसकेका छन ।

शुक्रबार राति दर्जनभन्दा बढी एनसेल टावरमा विस्फोट र आगजनी भएको थियो । ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएको थिए । घाईते को शिघ्रस्वाथलाभ को कामना गर्दै नेता सुदर्शन ले मान्छे मार्ने आफिहरु को कुनै अभिष्ट नरहेको स्पष्ट पारे । साथै मृतक प्रती दु:ख व्यक्त गर्दै लाई आफ्नो पार्टिले क्षतिपूर्ति पनि उपलब्ध गराउने प्रतिबद्धता गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार