logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्रान्तिकारीको रोल्पा सम्मेलनमा प्रहरी हस्तक्षेप अध्यक्ष गिरफ्तार


  • राजनीति
  • सोमबार, फाल्गुन १३ २०७५

राेल्पाकाे रुन्टीगढी गाउँपालिकामा अाज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काे गाउँपालिका स्तरको सम्मेलन हुदै गर्दा प्रहरीले हस्तक्षेप गरेको छ
हाेलेरी बजारमा हुनैलाग्दा व्यापक प्रहरीले परिचालन गरिएको थियो । प्रहरी ले शान्तिपुर्ण रुपमा उद्धघाटन हुनगैइरहेको सम्मेलन लाई स्थगित गर्नुका साथै झण्डा ब्यानर समेत कब्जागरि लगेको त्यहाबाट पत्रकार जंग रेउलेले जानकारी दिए ।

कम्युनिस्ट विद्यार्थी अभियान अन्तर्गत पूर्वघाेषित रुन्टीगढी गाउँपालिका स्तरको अखिल (क्रान्तिकारी) काे सम्मेलनलाई माथिको अादेश भन्दै सम्मेलनमा सहभागीमाझ आतंक फैलाएर प्रहरीले सहभागिहरुलाई तितरबितर बनाउनुका साथै उक्त कार्यक्रममा अतिथिकाे रुपमा रहनुभएका अखिल (क्रान्तिकारी) राेल्पाका जिल्ला अध्यक्ष शाेभाराम मगरलाई गिरफ्तार समेत गरेको छ ।

सरकार ले आफैले वनाएको नेपालको संविधान को भाग ३ धारा १७ (२ ) अनुसार जनताको खुल्ला विनाहातहतियार शान्तिपूर्ण कार्यक्रम गर्नपाउने, भेला सभासम्मेलन र संगठन गर्न पाउने अधिकारलाई स्वयं राज्यले नै बुटले कुल्चेको अायाेजकले अखिल(क्रान्तिकारी) ले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार