नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता छुटाएपछि सरकारसँग टाढिएको सत्तारूढ दलको आरोप रहेको छ ।
वर्तमान सरकारले गत भदौमा आफ्नै पार्टीका सांसद सोमप्रसाद पाण्डे नेतृत्वमा वार्ता समिति बनाएको थियो । यो समितिले नेकपा सग औपचारिक वार्ता गर्न असमर्थ भएको थियो । सरकारको खास प्रष्ट बुझाइ नभएको कारण नेकपाका केहि नेताहरु सग अनौपचारिक भेटघाट बाहेक खास उपलब्धि हुन सकेन । तर नेकपाले सरकारको खास वार्ताको औपचारिक जानकारी समेत नआएकोले त्यो बारेमा खास धारणा नै नबनाएको तर्क गर्दै आएको छ।
नेकपाकै दोस्रो नेता प्रकाण्ड लगायत देशै भर गिरफ्तार भइ प्रहरी हिरासतमा रहेका नेता–कार्यकर्ताहरु लामो कष्टडी बसाइ पछि छुटे । सैद्धान्तिक रुपमा विप्लव समूहसँग सरकार पनि लचिलो बनेको जस्तो भनिएता पनि खास ब्यवहारमा अंतर नआएको नेकपाको बुझाइरहेको छ ।
विभिन्न अन्यौल त असहजताको बिचमा नेकपाले मंसिर ८ राजधानी काठमाडौंमा भब्य कार्यक्रम सम्पन्न गर्यो । त्यस लगत्तै नेकपाका देश ब्यापी सगठनात्क अभियानमा लाग्यो । तर सरकारलाइ विप्लव नेकपा वार्ता समितिसँग टाढिएको अनुभुति भएको देखिन्थ्यो । बिगठित सरकारी वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेको बुझाइमा त्यस देखी नै नेकपा टाढिदै गएको भन्ने देखिन्छ ।
मुलिकभर अभियान चलाएको नेकपा यति बेला वार्ता बारे त्यती रुची राखेको बुझिदैन । नेकपाकै भनाइमा वार्ता बारे सरकार नै अन्यौलतामा रहेको बताउछ ।
हिजो मात्र बिबिसी सग कुरा गर्दै नेकपाका नेता तथा मध्य केन्द्रिय कमान्डका इन्चार्ज हेमन्त प्रकाश वली सुदर्शनले भनेका छन्, अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाविरुद्ध बन्दुक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन्, हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।’