राजनीति
काठमाडौं- काठमाडौंको व्यस्त शहरमा एक भारतीय नागरिकमाथि खुकुरी हानाहान भएको छ । एक भारतीय नागरिकमाथि खुकुरी प्रहार गरेको आरोपमा ३ जनालाई पक्राउ परेका हुन । प्रहरीका अनुसार तिलगंगा पहेँलो पुल डेरा गरी बस्ने भारतीय नागरिक मोहमद अलवाज खानमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषा घर भई हाल पिंगलास्थान बस्दै आएका आताबुल रहिम, रवि यादव र सञ्जिव साह भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार तीनजानै मिलेर मोहमद अलवाज खानमाथि खुकुरी प्रहार गरेर घाइते बनाएको खुल्न आएपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले आइतबार साँझ पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।