logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फागुन १४, विप्लवको जन्मदिन ‘चौकी हमला देखी सदरमुकाम कब्जा’ सम्म राजनीतिक यात्रा


  • अखिल बिश्वकर्मा
  • मंगलबार, फाल्गुन १४ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव ‘यति बेला नेपाली राजनीतिको एउटा प्रभावशाली ब्यक्तित्वको रूपमा चर्चामा रहेको नाम हो ।

उनको बारेमा राजनीति क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा रुचि राख्ने हरुले पनि एउटा खोज र अध्ययनको बिषय बनाउदै लगेको देखिन्छ । रोल्पामा जन्मिएका विप्लवको राजनीति यात्राको बारेमा बुझ्न र जान्न चाहनेहरुका लागि उनको राजनीतिक यात्रालाइ सक्षेपमा प्रस्तुत गरिएको छ ।

बि.सं. २०२४ साल फागुन १४  मा रोल्पाको इरिवाङ्ग केवरीमा बुबा चित्र बहादुर चन्द र आमा खुशिमाया घर्तीको सन्तान भएर जन्मिएका हुन । चन्द परिवारका ३ छोरा मध्य कान्छा हुन । उनका दुइ दाइहरु चन्द्र बहादुर चन्द नेकपाका पोलिट्ब्युरो सदस्य हुन भने जयन्द्र चन्द पनि नेकपाकै खेलकुद बिभागका प्रमुखको जिम्मेवारीमा राजनीतिमा छन । विप्लवका जिवन संगिनी शोभा चन्द हुन । उनिहरुका तिन सन्तान मध्य दुइ छोरा प्रकाश, नक्षेत्र र एक छोरी संजु रहेका छन ।

तत्कालिन नेतृत्वले ‘जनयु’द्ध’को मिति तोक्न ढिलाइ गरेपछि अनेरास्ववियु (क्रा’न्तिकारी)का तत्कालीन उपाध्यक्ष नेत्रविक्रम चन्द, महासचिव गंगा श्रेष्ठ, मणि थापा, कुमार दाहाललगायत युवा ‘बूढाहरूले जनयु’द्ध सुरु गर्न ढिला गर्ने हो भने हामी आफैँ सुरु गर्छौं’भन्दै दबाब दिन र हति’यार संकलन गर्नतिर लागे । उनीहरूको चर्को दबाबकै परिणाम असार ०५२ मा एकताकेन्द्रले चितवनमा तेस्रो विस्तारति बैठकमा नाम परविर्तन गरी नेकपा (माओवादी) राख्यो । अनि जनयु’द्ध सुरु गर्न सै’न्य योजनासहित नीति पारित गर्यो ।

भदौ ०५५ मा भारतको पन्जाबमा भएको चौथो विस्तारति बैठकमा प्रचण्डले ‘जनयु’द्धको विकास र नयाँ चरणका कार्यभारहरू’ शीर्षक प्रतिवेदन पेस गर्दै ‘जनयु’द्ध चाँडो सुरु गर्न केही युवाको समूहले तीव्र दबाब दिएको’ खुलासा गरे । उनले संकेत गरेका ती युवा खासमा चन्द, श्रेष्ठ, थापा आदि थिए । १ फागुन ०५२ बाट ‘दीर्घकालीन जनयु’द्ध’ सुरु गर्न दबाब दिने तिनै चन्द अन्ततः ‘एकीकृत क्रा’न्ति’ गर्ने उद्घोष गरेकाछन ।
माओवादीले स’शस्त्र वि’द्रोह सुरु गर्दा चन्द अनेरास्ववियु (क्रा’न्तिकारी) का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सेक्रेटरीको जिम्मेवारीमा पनि थिए । स’शस्त्र वि’द्रोह थालनीको वर्ष दिन पुग्दानपुग्दै मा’ओवादीका तत्कालीन जल्दाबल्दा नेता यानप्रसाद गौतम ‘आलोक’सँग चन्दको कचमच पर्यो् । खास गरी कार्यशैलीको विषयलाई लिएर आलोक र चन्दको अन्तरसं’घर्ष चर्किएको थियो ।
यसपछि चन्द गौतमको राजनीतिक फन्दामा परे । प्रचण्डका तत्कालीन विश्वासपात्र गौतमले उनलाई उपत्यका ब्युरोको जिम्मेवारीबाट एकैपटक कर्णालीको भूगोलमा हुत्याइदिए । तर, गौतमले दिएको सजाय नै चन्दका लागि वरदान साबित भइदियो । कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज भएर पार्टीमा क्षमता देखाउने अवसर पाए, चन्दले । त्यसयता आजपर्यन्त चन्दले एक खालको छवि बनाएका छन् ।

०३९ सालदेखि तत्कालीन अखिल छैटौँ हुँदै राजनीतिमा जोडिन पुगेका थिए । ०४३ मा विद्यार्थीका रोल्पा जिल्ला अध्यक्ष भए । त्यही साल उनले एसएलसी पास गरे । त्यसपछि उच्चशिक्षाको प्यास मेटाउन काठमाडौँ आएर नेपाल ल क्याम्पसमा भर्ना भए । यसै मेसोमा अखिल छैटौँको काठमाडौँ जिल्ला सचिव, अध्यक्ष, वाग्मती अञ्चल अध्यक्ष हुँदै ०४८ सालमा केन्द्रीय सदस्य भएर पार्टीको मूल प्रवाहमा समाहित भए । ०५४ सालमा चन्द कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज भएपछि नै पहिलोपल्ट सान्नीगाड प्रहरी चौकीमा धावा बोले । यसपछि कालीकोटको पदमघाट प्रहरी चौकी आ’क्रमण गरी १३ थान थ्री नट थ्री राइ’फल खोसे । कालीकोटमै महिलाहरूले प्रहरीको आधुनिक ह’तियार नि’यन्त्रणमा लिए । यी घटनापछि चन्द पार्टीभित्र चर्चित हुँदै गए ।

कर्णालीको फौजी सफलतापछि चन्दको व्यक्तित्वले पनि उचाइ चुम्यो । कतिसम्म भने भदौ ०५५ मा भएको चौथो विस्तारति बैठकबाट मणि थापा, रवीन्द्र श्रेष्ठ, चन्द्रप्रकाश खनाल, हितमान शाक्य, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई मात्र केन्द्रीय समितिमा तान्न लागेका थिए, प्रचण्ड नै कर्णाली उपक्षेत्रीय ब्युरोका तर्फबाट चन्दको रिपोर्टिङ सुनेपछि यति प्रभावित भए कि उनलाई पनि केन्द्रीय सदस्य बनाए । यसपछि उनी केही समय प्रचण्डको विश्वासपात्र मात्र बनेनन्, ०६१/६२ सालतिर रोल्पा, रुकुमलगायत केही भूगोललाई समेटेर बनाइएको केन्द्रीय आधार इलाकाका ब्युरो इन्चार्ज नै भए ।
त्यसो त प्रचण्डका कमजोरीलाई जिब्रो नचपाईकन बताइदिने स्वभावका कारण चन्द लामो समय प्रिय भइरहन सकेनन् । त्यसपछि चन्दलाई पर धकेल्दै प्रचण्डले वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायतलाई धाप दिन थाले । स्वाभाविक थियो, त्यसले उनीहरूबीचको दूरी झन् बढ्यो । जानकारहरूका शब्दमा ५ मंसिर ०६३ मा सरकार र मा’ओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि प्रचण्ड, बाबुराम भट्टराईलगायत नेतासँग चन्दको विश्वास टुटेको तथा दूरी बढेको हो । पार्टी केन्द्रीय समितिको बैठक नराखी, नेतृत्व पंक्तिमा कुनै छलफल र बहस नगरी विस्तृत शान्ति सम्झौतामा जनयु’द्धको अन्त्य भन्ने बुँदामा हस्ताक्षर गरेपछि चन्दले उनीहरूसँग अन्तरविरोध मात्र बढाएनन्, त्यसयताका प्रत्येक भेला र बैठकमा फरक मत राख्दै आए ।

१८-२२ साउन ०६४ मा राजधानीको बालाजुमा सम्पन्न पाँचौँ विस्तारति बैठकमा बैधको अगुवाइमा बहुमत प्रतिनिधिले वि’द्रोहको कार्यनीतिबाट नेतृत्व पछि हटेको भन्दै एउटा तरङ्ग सिर्जना गरे जुन बेला विप्लवनै प्रमुख खम्बा थिए । प्रतिनिधिहरूको खबरदारीपछि प्रचण्डले सरकारबाट हट्ने निर्णय पनि लिए । माओवादी मन्त्रीहरूले राजीनामा पनि दिए ।

मंसिर ०६५ मा भक्तपुरको खरीपाटीमा भएको राष्ट्रिय भेला र पालुङटारको छैटौँ विस्तारित बैठकमा पनि चन्दकै अगुवाइमा प्रचण्डमाथि निरन्तर खबरदारी गरियो । भलै, त्यस समयमा मोहन वैद्यको नेतृत्व स्थापित भएको थियो । त्यसैले चन्द पर्दामा बसेर गति बढाइरहेका थिए । पछिल्लो समयमा भने वैद्य, सीपी गजुरेल जस्ता ‘क्रा’न्ति’ पक्षधर नेताहरु सग पनि सौहार्द बि’द्रोह गरी चन्द ‘एकीकृत क्रा’न्ति’को  अभियान सहित अगाडि बढिरहेका छन ।

चन्द अखिल क्रा’न्तिकारीका उपाध्यक्ष हुँदाका महासचिव गंगा श्रेष्ठ (हाल नयाँ शक्ति मा छन) को बुझाइमा ‘उनको जीवनशैली र स्वभावमा सरलता छ । दृढ र साहसी पनि छन् तर सँगसँगै महत्त्वाकांक्षी पनि ।

नेत्र बिक्रम चन्दको राजनीतिक यात्रा यस्तो रहेको छ ।
०३९ अनेरास्ववियु (छैटौँ)मा आबद्ध भई विद्यार्थी राजनीति प्रारम्भ
०४३ अनेरास्ववियु (छैटौँ)का रोल्पा जिल्ला अध्यक्ष
०४७ नेकपा एकता केन्द्रको सदस्यता प्राप्त
०४८ विद्यार्थी फाँटका केन्द्रीय सदस्य
०४८ पार्टीमा पूर्णकालीन
०५२ ललितपुर जिल्ला सेक्रेटरी
०५३ उपत्यका ब्युरो सदस्य
०५४ कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज
०५५ केन्द्रीय सदस्य
०५७ वैकल्पिक पोलिटब्युरो सदस्य
०५९ पोलिटब्युरो सदस्य
०६१ र ६२ केन्द्रीय आधार इलाका ब्युरो इन्चार्ज
०६३ अध्यक्ष प्रचण्डसँग टक्कर सुरू
०६४ बालाजु विस्तारित बैठकमा असहमति
०६५ खरीपाटी भेलामा असहमति
०६६ पालुङटार विस्तारित बैठकमा असहमति
०६९ नेकपा(माओवादी) गठनमा महत्त्वपूर्ण भूमिका
०७१ कात्तिक आफ्नै नेतृत्वमा पार्टी गठनको पहल गरी नेपाल कम्युनिस्ट पार्टीका महासचिव ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार