नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले आजबाट सुरु भएकाे सहिद सप्ताह काे अबसरमा अभिनन्दन जारी गरेका छन्। आजबाट सहिद सप्ताह सुरु भएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी)ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा बिप्लव नेतृत्वको नेकपा ले १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएका छन्
यस्तो छ बिप्लवकाे अभिनन्दन पत्र
