logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संसदमा बिप्लवलाई कारवाहीको माग गर्ने को को हुन सांसद ?हेर्नुस…


  • राजनीति
  • मंगलबार, फाल्गुन १४ २०७५

पोखरा- मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन्। उनले बम विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विस्फोटमा परेर गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए। उक्त बम विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो।

स्थानीय विकासमन्त्री देव गुरुङ पत्नी तथा सविधानसभामा पुग्ने ७ जोडी सभासद्मध्ये एक जोडी हुनुहुन्छ सुवेदी। ०३५ देखि नै राजनीतिमा लाग्नुभएकी सुवेदी अनेमसंघको केन्द्रीय सदस्य ०४३मा बन्नुभयो। उहाँ ०४५मा विद्यार्थीको केन्द्रीय सदस्य पनि बन्नुभयो। ०४६मा पार्टीको मनाङ-लम्जुङ जिल्ला समिति सदस्य हुनुभयो। बच्चाबच्ची जन्मेपछि ५ वर्षको अवधिसम्म सक्रिय राजनीति छाड्नुभयो। त्यसबीचमा उहाँले शिक्षण पेशा गर्नुभयो। उहाँले ९ महिना जेल जीवन बिताउनुभयो। जनयुद्ध थालनी भएपछि उहाँ पार्टीको एचक्यूको स्टाफको रूपमा पोखरामा खट्नुभयो। गोरखामा उहाँ पति देव गुरुङ गिरफतार भएपछि उहाँको कार्यक्षेत्र बदलियो। उहाँ महिलासंघको केन्द्रीय महासचिव पनि बन्नुभयो। उहाँ जनयुद्धको बेलामै पर्वत इन्चार्ज तथा गण्डक क्षेत्रीय ब्युरो सदस्य बन्नुभयो। माओवादी दुई लाइन सघर्ष चल्दै गर्दा उनी देव गुरुङ सङगै बैध्य सङ्गै नेकपा माओवादीमा लागे पछी बैध्य पार्टीमा पनि विप्लवले सुरु बिद्रोह गरे पछी केही समय बैद्यमा रहेका सुवेदी पछी राम बहादुर थापा बादल र पति देव गुरुङ सङ्गै प्रचण्डको पार्टीमा लागे। सविधान सभाको अघिल्लो चुनाबमा बैद्यमा रहदा बुथ कब्जा देखी बिष्फोट जस्ता कार्यमा पार्टीबाट आफै नेतृत्व सुबेदीले आफैले गरेको बैध माओवादीमा रहेका नेताकार्यकर्ताले बताउछ्न  ।

नेकपाका प्रमुख सचेतक गुरुङ र उनकी श्रीमती यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभा सांसद हुन् । गुरुङ लमजुङबाट प्रत्यक्ष निर्वाचित हुन् भने सुवेदी समानुपातिक । उनीहरू दुवैले संसद्बाट मासिक घरभाडा लिइरहेका छन् । गुरुङ सत्तापक्षको प्रमुख सचेतक भएकाले मासिक २५ हजार ६०८ र सुवेदी सांसद भएकाले मासिक १८ हजार रुपैयाँ घरभाडा लिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार