राजनीति
वीरगंज– भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ । मङगलबार राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस निकालेका हुन् ।महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताए ।
वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।मोटरसाइकल रयालीमा सहभागीहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण दिनेविरुद्ध चर्को नारावाजी गरेका थिए । उनीहरुले नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए ।उनले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको समेत बताए ।
छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो ।भारतीय सञ्चारमाध्यमहरुले इण्डियन एयर फोर्सको हवाला दिँदै भारतका लडाकू विमानले आज बिहान ३ः३० बजे बालाकोटको आसपासमा रहेको जैश ए मोहम्मदको क्याम्पमा हमला गरेको जनाएका छन् । सेनाको आक्रमणबाट उक्त समूहको क्याम्प ध्वस्त भएको समेत सञ्चार माध्यममा जनाइएको छ । तर, भारत सरकारले औपचारिक रुपमा भने केही पनि बताएको छैन ।
पाकिस्तानको सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै मुजफफरावाद सेक्टरमा भारतीय सेनाले घुसपैठको प्रयास गरेको र लगत्तै पाकिस्तानको सेनाले कारवाही गरेको बताएका छन् ।उनले त्यसपछि भारतीय विमान त्यहाँबाट भागेको र भाग्ने बेलामा हडबडाएर केही बम बालाकोट क्षेत्रमा फालिएको र त्यसबाट कुनै नोक्सान तथा हताहती नभएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् ।