logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सहिद परिवार संमान कार्यक्रममा प्रहरी हस्तक्षेप ५ जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, फाल्गुन १४ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको नेकपाका पिविएम ओम प्रकाश पुनले जानकारी दिएकाछन । एकीकृत अभियान अंतरगत पुर्वी जिल्ला इलामा रहेका पुनले सामाजिक संजाल फेसबुकमा स्टाटस अपलोड गर्दै उक्त्त कुरा बताएका हुन । पुनले सहिद परिवारको सम्मान गर्ने कार्यक्रममा हस्तक्षेप गरेर ठुलो अपराध र गद्दारी गरेको बताएकाछन ।

जनताको बलम आफु प्रशासनको पन्जा बाट उम्म्किन सफल भएको भन्दै उनले सहिदहरु परिवार प्रती गरिएको अपमानको मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएकाछन

उनको स्टाटस यस्तो छ

एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई र अर्थ मन्त्री इन्द्र अाङवाे माैसमकाे ठाडो निर्देशनमा ईलाम काे लुङसुङदाङमा अायाेजना गरिएको महान शहिदपरिवार सम्मान कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ । ईलामकाे एकतप्पा लगाएतका ठाउँमा मन्दिर उद्घाटन गर्न अाएका शेरधन राई र ईन्द्र अाङवाे जस्ता दलालहरुले शहिदपरिवार सम्मान तथा अभिनन्दन कार्यक्रममा हस्तक्षेप गरेर ठुलो गद्दारी र अपराध गरेका छन् । कम्युनिस्टको राताे खाेल अाेढेका ब्वाँसाहरुलाई याे याद हवस कि शहिदहरुकाे रगत र बलिदानबाट प्राप्त कथित संघिय गणतन्त्रको मन्त्री र मुख्य मन्त्री भएकाहरु मन्दिर उद्घाटन गर्दै हिड्ने तर सहिद परिवारलाई सम्मान समेत थाप्न नदिएर अपमान दलालहरुकाे हिसाब किताब एक दिन जनताले अबस्य गर्ने छन् । शान्तिपूर्ण कार्यक्रम त्यसमा पनि शहिदपरिवार सम्मान कार्यक्रममा हस्तक्षेप गरेर बहादुरी गरेको त दलाल केपी अाेलीकाे सरकारले सम्झेकाे हाेला तर यसको चर्काे मुल्य दलाल सरकारले चुकाउनु पर्ने छ । अाजकाे कार्यक्रममा म लगाएत पाँचजना अभियान कर्मि साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएता पनि जनता र कार्यकर्ताकाे बलले म दुश्मनकाे पञ्जाबाट उम्किन सफल भएको छु भने ईलाम जिल्ला पार्टी सदस्य गाेपी बस्नेत कमरेड बिमल लगाएत पाँच जना अभियन्ता याेद्धाहरुलाई गिरफ्तार गरिएको छ । दलाल राज्यले उहाँहरुकाे तत्काल रिहाइ गराेश । यदि रिहाइ नगरे त्यसका बिरुद्ध शसक्त प्रकारको संघर्ष गर्न बाध्य हुनेछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार