राजनीति
काठमाडौं -मंगलबार अपरान्ह ५ मिनेटको फरकमा दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईपटक भूकम्पको पराकम्प गएको छ ।
भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो ।
दोलखामा ४।४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४।१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।
यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।