logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

लुटखसाेटकाे धनले ढाडिएर गरिएको दमनकाे प्रतिरोध गर्छाै : सुदर्शन


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन १५ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी सदस्य तथा मध्य कमाण्ड इन्चार्ज सुदर्शनले गिरफ्तार गरिएको आफ्ना नेता कार्यकर्ता काे बिनासर्त रिहाइ काे माग गरेका छन्। मंङगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता रिहा गर्न सरकारसग माग गरेका छन्।
बिज्ञप्तीमा भनिएको छ ” एनसेलबाटकाे लुटखसाेटकाे अकुत कालाे धनबाट ढाडिएका सरकार र त्यसका नेतृत्व ले गृहप्रसाशसन मार्फत हामिमाथि देशब्यापी दमन र धर्पकट मच्चाइरहेका छन्।
अछामबाट गिरफ्तार गरिएकी नेकपा निकट अनेमसङ्घकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायत देशभरि बिप्लवका नेता कार्यकर्ता समातियका थिए भने हिजाे मात्रै युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य रहेका भुजेल विगतमा नेकपा निकट युवा सङ्गठनमा आबद्ध थिए । प्रहरीले उनलाई मङ्गलबार गिरफ्तार गरेको हो ।

गिरफ्तार भएका सबै नेता कार्यकतालाइ बिनाकारण दुख दिएकाे जनाउँदै नेकपाले रिहाइको माग गरेको छ ।
पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् सरकार हुुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार