logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुरेश सुनारको अथक सघर्ष , जो देशकै कान्छो “सिडिओ” बने


  • राजनीति
  • बुधबार, फाल्गुन १५ २०७५

जाजरकोटका एक २९ वर्षीय युवा देशको सबैभन्दा कान्छो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएका छन । जिल्लाको भेरी नगरपालिका ४ स्थायी घर भएका उपसचिव सुरेश सुनार देशकै कान्छो सिडिओ बनेका हुन।

सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । यसअघि उनी बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव पदमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भए ।

दुर्गम पहाडी जिल्ला जाजरकोटको दलित एवम् विपन्न परिवारबाट दु:ख र संघर्षका साथ पढेर दलित समुदायको प्रतिनिधित्व गर्दै माथिल्लो तहमा पुग्ने थोरै मध्यका एक उनले असल राष्ट्रसेवक बनेर देखको प्रमुख तहमा पुग्ने अपेक्षा रहेको बताए ।

ग्रामीण बस्तिको विपन्न परिवारबाट कलिलो उमेरमा नै यो तह सम्म पुग्ने सुनार थुप्रै नेपाली युवाहरुको उदाहरण र प्रेरणाको श्रोत बन्न सक्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार