logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पाइलटले यस्तो भनेका थिए काठमाडौ बाट उडे देखी पाथीभरा दर्शन सम्मको दृश्य


  • आश तमु
  • बुधबार, फाल्गुन १५ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकप्टर मा सवार मन्त्री अधिकारी सहित सबैको मृत्यु भैसकेको छ ।

यद्धपी उक्त दुर्घटनामथी प्रश्नखडा हुनथालेको छ जस्तो त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।
त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए।

प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।’

उड्नसक्दिन भन्दा भन्दै पर्यटन मन्त्री अधिकारी सहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उड्यो किन ?

हेलिकाेप्टर दुर्घटनामा परी ज्यान गुमाउने पाइलट केसी को हुन्?

दुर्घटनाग्रस्त हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए। के सि काठमाडौं को तहाचल का निवासी हुन । के सिले ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए।

उनले साढै ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए।

उनका परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसीसमेत छन्। दाजु दिवाकर भने दुबईमा रहेको एयर डाइनेस्टिक कम्पनीका एक प्रतिनिधिले जनकारी दिए। उनी युवा भएपनि अनुभवी पाइलट भएको सिम्रिक एयरलायन्समा बजार व्यवस्थापक प्रज्जल थापा बताउँछन्।

मन्त्रि अधिकारिको छाप्‍न नपाएको यो फोटो, यो समाचार

फोटोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बोलिरहेका छन्।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे।

करिब १२/१४ बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १० मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे।

मन्दिर दर्शनबाट फर्किने क्रममा उनी चढको हेलिकोप्टर दुर्घटनामा पर्‍यो। जबकि उनले थुम्की डाँडामा बन्न लागेको विमानस्थलबारे बोलेका खबर सम्वाददाताहरू भर्खर लेख्दै थिए वा लेख्ने तयारीमा थिए। तर त्यो खबर समाचार कक्षमा आइनपुग्दै अर्को ठूलो समाचारले चैनहराम गर्‍यो- पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना।

अलिबेरमा पुष्टि भयो- अधिकारीसहित ७ को मृत्यु।

के भनेका थिए अधिकारीले अन्तिम कार्यक्रममा ?

राष्ट्रिय राजनीतिबारे कम बोलेका उनले विमानस्थलहरूको निर्माण र सञ्चालनमा आफू सम्वेदनशील रहेको बताएको कार्यक्रममै रहेका आठराइ चुहानडाँडा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए।

‘देशैभर बन्द रहेका एअरपोर्टहरू सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि बनाउँदै छौँ’, उनले भने, ‘यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु।’

राष्ट्रिय राजनीतिबारे उनले खासै बोलेनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप सही नभएको उनले बताएका थिए।

उनले वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण र टेन्डर गरी विमानस्थल बनाउन ३ वर्षको समय लाग्ने अधिकारीले कार्यक्रममा बताएका थिए।

कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार