logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठेपुल मा पनि कर उठाउदै स्थानीय सरकार, जनता भन्छन याे त अति नै भयाे


  • पत्रपत्रिका
  • बिहिबार, फाल्गुन १६ २०७५

दोदा नदीमा बनाइएको काठे पुल तर्न साइकलले ५ र मोटरसाइकलले २० रुपैयाँ तिर्नुपर्छ । उक्त काठेपुल स्थानीय इटाहा बाबा मन्दिर सहयोग समितिले राखेको हो । नदी तरेको रसिद काटिरहेका रघुवीर रानाले समितिले नदीमा काठेपुल बनाइदिएको र सेवावापत पैसा लिने गरेको बताए ।

पुल नहुँदा त्यहाँका स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका थिए । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थायीले सुनाए ।
मामाघर जाँदै गरेकी उमिएला रानाले दोदा नदीको डरले आफूहरु कहिले काँही मात्रै हिउँदमा मामाघर जाने गरेको बताइन् ।

रानाले हिँउनदमा काठेपुलको सहारा भएपनि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुने बताए ।आजको काराेबार मा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार