राजनीति
पोखरा- दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौ ल्याइएको छ ।
सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
मन्त्री अधिकारीसहित ७ जना सवार बुधबार पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव खराब मौसमको कारण काठमाडौँ ल्याउन ढिलो भइरहेको थियो ।काठमाडौँ ल्याए लगत्तै शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज लगिने भएको छ।
घटनास्थलमा मन्त्री अधिकारी बाहेक अन्यको शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन ।
फरेन्सिक एक्सपर्ट डा। प्रमोद कुमार श्रेष्ठका अनुसार शव पहिचान गर्नको लागि डेढ देखि दुई घण्टा लाग्नेछ। ‘मैले सुने अनुसार शव डढेर नचिनिने अवस्थामा छ। यस्तो शव पहिचान गर्नको लागि डेढ देखि दुई घण्टा लाग्नेछ ‘उनले भने ‘शिक्षण अस्पतालमा एक पटकमा दुई जनाको शव परीक्षण गर्न मिल्छ। त्यही अनुसार हिसाब गर्दा चार पाँच घण्टामा शव पहिचानको काम सकिन्छ।’
बुधवार दिउँसो मन्त्री अधिकारी सहित सात जना चढेको हेलिप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। मन्त्रि अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ।

शव काठमाडौँ ल्याइँदैबुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहित सात जानको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै । तस्वीरः नारायण ढुंगाना, रासस

शव काठमाडौँ ल्याइँदै
बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहित सात जानको शव ताप्लेजुÂङको सुकेटार विमानस्थलबाट बिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै । तस्वीरः नारायण ढुंगाना, रासस

हेलिकप्टरमा शव काठमाडौँ ल्याइँदै
बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहितको शव ताप्लेजुÂङको सुकेटार विमानस्थबाट बिहीबार काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टरमा राखिँदै । तस्वीरः नारायण ढुंगाना, रासस
के थियो अन्तीम ट्वीट
उनले आफ्नो सामाजिक संज्जाल फेसबुक पेजमा फेरवरी २४ मा लेखेका थिए, मैले जिम्मेवारी लिनु अगाडी २३% काम भएको गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच साथ काम गर्दै जादा अहिले ७०%काम सम्पन्न भएको छ । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो ।
समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेकै थिएन तर यतिखेर आयोजनाको प्रगति ७०%पुगेको छ। प्रश्न एउटा आयोजनाको मात्र होइन र प्रगति देख्न जुग कुर्नु पर्दैन।सहयोग सबैको अपरिहार्य छ।केही महिना मात्र पर्खौ अनुभुति सहितको परिवर्तन हुनेनैछ …