राजनीति
आश तमु पोखरा- बिदेशमा रहेर पनि आफ्नो जन्मथलोलाई माया गरि सम्झिरहने परोपकारी मनहरुले पोखरामा एक कार्यक्रम वीच आफ्ना गाउँ ठाउँ र बिभिन्न व्यक्तित्वहरुलाई आर्थिक सहयोग गरेका छन। पैयुँखोला तमु समाज पोखरा १४ काजीपोखरी स्थित समाज भवनको सभाहलमा हाल युकेमा रहेर विभिन्न देशमा कार्यरत पर्वत भोक्सीङ देउराली जन्म थलो रहेका बिभिन्न व्यक्तित्व हर्ले सङ्कलन गरी वुधबार एक कार्यक्रमको आयोजना गरी विभिन्न ४ शिर्षकमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै ले कर्ण बहादुर तमुले आफ्नो कर्मथलो जहा भए पनिजन्म थलोको माया सधै लागि रहने बताए।कर्मले हामीलाई जहा पुर्याए पनि आफ्नो गाउँ ठाउँ अनि आफ्न्तको माया लाग्ने रहेछ भन्दै गुरुङले भै परि आएको समस्याको खण्डमा सदैव साथ रहने बताए। त्यसै गरी अर्का बक्ता पैयुँखोला तमु समाज यूकेका संस्थापक अध्यक्ष क्या। डेम बहादुर तमुले आफ्नो संस्कारलाई हामीले सरक्षण गर्नु पर्ने बताए। नेपाल देखी टाढा रहे पनि प्येता ल्हुता को संरक्षण र भावी पुस्तालाई समेत बुझाउने गरी युके समाज भवन र क्योईबो धि निर्माणर्थ बिभिन्न अभियान समेत चलाएको बताएका छन।
संयुक्त राष्ट्र संघ (युएन) का सुरक्षा अधिकृत हाल साउथ सुडानमा कार्यरत एवम् पैयुँखोला तमु समाज यूकेका अध्यक्ष ले. कर्ण प्रसाद योज तमुले पर्वत, भोक्सिङ स्थित महेन्द्रोदय मा।वि। लाई पूर्व विधार्थीहरुबाट यूकेमा संकलित जम्मा एकमुष्ट रकम रु। १,७४,५००- रुपैयाँ विद्यालयका प्राचार्य गोबिन्द योज तमुलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा पर्वत, पैयुँखोला सेरोफेरोमा पर्ने भोक्सिङ सर्बुडाँडाका जेहेन्दार विधार्थी राजन पर्जु तमुलाई पनि यूकेमा संकलित रकम रु। १,९५,५१०- रुपैयाँ प्रमुख अतिथि ले। कर्ण योज तमुकै हस्तबाट बुझाइएको छ ।
यस्तै यूकेमा संकलित रकम अर्को मिर्गौला पीडित चितवन भरतपुर निवासी मंजिल तमुलाई रु। २,५१,८१२।४६ पैसा तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार एवम् पैयुँखोला तमु समाज यूकेका संस्थापक अध्यक्ष क्या। डेम बहादुर तमुले पीडित मंजिलको आफन्तलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पर्वत, साबिकको भोक्सिङ देउराली जन्म घर भइ हाल पोखरा १४ छिनडाँडा निवासी सु। लाल बहादुर योज तमुको श्रीमती डिल कुमारी प्ल्हें (योज) तमुको दुबै मिर्गौला खराब भई मिर्गौला प्रत्यारोपणका लागि वर्तमान कार्यसमितिको सक्रियतामा समाजबासीहरुबाट रु। ३,९०,१९०- सहयोग संकलन गरि समाजका अध्यक्ष बल बहादुर कोने तमु र संरक्षक कोमल प्रसाद चाहर्ल तमुद्वारा हस्तान्तरण गरिएको समाजका प्रचार प्रसार प्रमुख मिलन तमुले जानकारी दिएका छन
यसैगरी १४ घरे योज तमु परिवारबाट रु। ७४,५००-, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमुबाट रु। ३,०००-, तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीका प्र।उपाध्यक्ष निम प्हच्यु तमुबाट रु। ३,०००- र तमु प्ये ल्हु संघ जिल्ला महिला समिति कास्कीको तर्फबाट अध्यक्ष अनिता योज तमुमाफर्त रु। ५,५५५- गरि जम्मा रु। ४,७६,२४५- रुपैयाँ आर्थिक सहयोग पीडितका श्रीमान सु। लाल बहादुर योज तमुलाई हस्तान्तरण गरिएको हो ।समाजका अध्यक्ष बल बहादुर कोने तमु अध्यक्षता गरेको थियो ।